Site icon SatmulKhabar

सरकार फेरिने कुनै सम्भावना छैन : महेश बर्तौला

काठमाडौँ – नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएकाे छ ।

सोमबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै बर्तौलाले भन्नुभयाे, “राष्ट्रिय सहमतिको आधारमा अहिलेको सरकार बनेको हो, त्यसैले यसको फेरिनको कुनै सम्भावना छैन।”

सरकार परिवर्तनको कुरा गर्दा बर्तौलाले सरकारमा आउन रुचि राख्नेहरूले सरकार परिवर्तनको हल्ला चलाएको र दलहरू सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा केन्द्रित नभएको दाबी गर्नुभयाे ।

हाल कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि, ०८४ को निर्वाचनमा भने एमालेले बहुमत ल्याउने तयारी गरेको उहाँले बताउनुयभाे ।

Exit mobile version