Site icon SatmulKhabar

उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने सत्तारुढ दलको तयारी

काठमाडौं – सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन्। यसै सन्दर्भमा नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएको छ।

नेपाली कांग्रेसले पनि पार्टी पदाधिकारी बैठक बोलाएर छलफल गरिरहेको छ। बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरूलाई सिंहदरबारमा उपस्थित हुन निर्देशन दिएको छ।

स्रोतका अनुसार सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्दै उनलाई हटाउने विषयमा गम्भीर छलफल भएको थियो।

हाल कांग्रेस र एमालेका सांसदहरूबाट उपसभामुखविरुद्धको महाअभियोग प्रस्तावमा हस्ताक्षर संकलनको कार्य अघि बढाइएको छ।

Exit mobile version