काभ्रे । काभ्रे क्षेत्र नम्बर १ का नेपाली कम्युनिस्ट पार्टीका र नेपाली कांग्रेसका कार्यकर्ता (एमाले)मा प्रवेश गरेका छन्।
महाभारत गाउपालीका वडा नं.८ घर्तीछाप मा भएको नेकपा एमाले द्वारा आयिजित चुनावी घरदैलो कार्यक्रम मा घनस्याम आले जो नेकपा एमाले का क्षेत्रिय कमिटी का उपसचिव हुनुहुन्थ्यो ।पछि नेकपा बिभाजन पश्चाल नेकपा समाजवादी पार्टी का महाभारत गाउँपालिका का अध्यक्ष र समाजवादी र माओवादी को एकाता पश्चात् हाल नेपाली कम्युनिस्ट पार्टी मा संगठित हुनुहुन्थ्याे ।
घनस्याम आले को घर फिर्ती ले नेकपा एमाले महाभारत पालिका कमिटी मा छुट्टै उर्जा पैदा गरेको छ । घनस्याम आले संग्गै अरु पार्टी त्याग्दै नेकपा एमालेमा निम्न ब्यत्तिहरु प्रबेश गरेछन् ।कोपिला आले ,जानकी आले , टंक बहादुर आले, पञ्चलाल जर्घा, गुण माया असतानी,लाेक माया जर्घा,सुक्मान घ्लान,देवराज घिसिङ, विकमान वाईवा, रमेश लामा,समर्पण वाईबा,लाेकमाया जर्घा त्यसैगरी जित बहादुर सिंतान, नेत्र बहादुर दर्लानि र सुरेश थिङले एमालेमा प्रवेश गरेका हुन्।
आगामी फागुन २१ गते हुने आसन्न निर्वाचनको घरदैलो कार्यक्रममा उनिहरू प्रवेश गरेका हुन् ।
उनिहरूलाई काभ्रे निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार अमित लामा,समानुपातिक उम्मेदवार ईन्द्र तामाङले पाटी प्रवेश गराएका हुन् । कार्यक्रममा पूर्व मन्त्री चन्द्र लामा,बाग्मती प्रदेश कमिटी दिलिप लामा राकेश लामा र जेनिस लामा नेकपा एमाले जिल्ला उपाध्यक्ष देवसागर लामा ,इन्द्र लामा युवा नेता सागर रायमाझी र रुपक रायमाझी लगाएतका नेताहरू उपस्थिति रहेकाे थियाे ।

