काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले बोकाएको भुक्तानी दायित्व पूरा भइसकेको भन्दै अब निर्माण व्यवसायीको कानूनबमोजिमको बिल रोक्न नपर्ने बताउनुभएकाे छ।

महिला आर्थिक पत्रकार संघ (फेजा) द्वारा आयोजित कार्यक्रममा उहाँले अघिल्लो सरकारको भुक्तानी दायित्व पूरा गरिसकेको र अब बिल अनुसारको भुक्तानी सहज हुने बताउनुभयाे।

उहाँले भन्नुभयाे, “केही समय अप्ठ्यारो भए पनि अब कानूनी दाबी गरिएको रकमको भुक्तानी रोकिने छैन। भ्याट बुझाएपछि भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने अन्योल अब हटेको छ।”

पौडेलले आर्थिक क्षेत्रलाई गतिशील बनाउन तथा लगानी सहज बनाउन सरकारले आर्थिक अध्यादेशमार्फत आवश्यक कानूनी संशोधन गरिसकेको जानकारी दिनुभयाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय