काभ्रे । नेकपा एमाले काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले खानीखाेला गाउँपालीकामा उत्पादन भएकाे कफिलाई विश्व बजारीकरण गर्ने घाेषणा गर्नु भएकाे छ ।
आगामी फागुन २१ गते हुने आसन्न निर्वाचनको घरदैलो कार्यक्रममा बाेल्दै लामाले खानीखाेलालाई कफिकाे पकेट क्षेत्र बनाउने तथा विश्व बजारीकरणमा सहज गर्ने बताउनु भएकाे हाे ।
उहाँले काभ्रे क्षेत्र नं. १ काे समग्र विकासमा जाेड दिने बताउनु भएकाे छ । शिक्षा, स्वास्थ्य, खानेपानी र राेजगारलाई पहिलो प्राथमीकतामा राखेर काम गर्ने बताउनु भएकाे छ ।
कार्यक्रममा काभ्रे क्षेत्र नं. १ का समानुपातिक उम्मेदवार इन्द्रबहादुर लामा, सविधानसभा सदस्य रामहरि सुवेदी, पूर्व मन्त्री चन्द्र लामा लगाएतका नेताहरूकाे उपस्थिति रहहेकाे थियाे ।






