
काठमाडौं । साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश चितवन अदालतले दिएको छ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि लामिछानेलाई सुरक्षाकर्मीको जिम्मामा जिल्ला प्रहरी कार्यालय पठाएको जानकारी दिइएको छ। सहकारी ठगी प्रकरणमा लामिछानेको बयान लिइसकेपछि थुनछेक बहस शुरू भएको थियो।
लामिछानेको मुद्दामा सरकारी वकिल र १० जनाको कानूनी टोलीले बहस गरिरहेको छ। सहकारीको रकम अपचलन आरोपमा लामिछानेसँगै १५ अन्य व्यक्तिहरू विरुद्ध मुद्दा दायर गरिएको छ। अदालतमा सहकारीबाट ३८ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
लामिछानेको मुद्दा हालै ३२ जना प्रतिवादीसहित संगठित अपराधको आरोपमा दर्ता गरिएको छ।