काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताउनुभएकाे छ ।

बुधबार अनलाइन टिभी पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा बस्नु पर्ने बताउनुभएकाे हाे ।

अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उहाँको को धारणा छ । ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य हो, कानुनमा दण्ड सजायको पनि व्यवस्था हुन्छ, दण्ड सजाय बढी भएको रहेछ भने त्यसलाई घटाउन पनि मिल्छ’, भट्टराईले भन्नुभयाे । 

कतिपय मुलुकमा तोकिएका उमेर समूहका बाहकका व्यक्तिले सामाजिक सञ्जाल चलाउन नमिल्ने व्यवस्था रहेको उहाँले सुनाउनुभयाे ।

ती मुलुकहरूमा दण्ड सजाय पनि निक्कै चर्को भएको भट्टराईले बताउँदै सामाजिक सञ्जालमा कसैको मानहानी गरेर कसैले क्षति पुर्‍याए त्यसको क्षतिपूर्ति पाउनु पर्ने उहाँको भनाइ छ ।

‘सामाजिक सञ्जाल प्रयोग गर्नेले राष्ट्र, राष्ट्रियता, अखण्डता, सामाजिक एकता भड्काउन नमिल्ने उहाँले स्पष्ट पार्नुभयाे ।

सामाजिक सञ्जालको प्रयोग गरेर राम्रो काम गर्नुस्, रचनात्मक काम गर्नुस्, एकताको पक्षमा काम गर्नुस्’, उहाँले भन्नुभयाे  ।

सामाजिक सञ्जालबाट संविधानले व्यवस्था गरेको भन्दा विपरीतका सन्देश जानु नहुनेमा उहाँले जोड दिनुभयाे ।

समाजलाई भड्काउने र राष्ट्रियतालाई धरापमा पर्ने अधिकार कसैलाई नभएको भट्टराईले जोड दिनुभएकाे छ ।

सामाजिक सञ्जाल व्यवस्थापन गर्ने विधेयका आवश्यकता भएरै ल्याइएको उहाँले स्पष्ट पार्दै भन्नुभयाे, ‘त्यो आवश्यकता थियो, ल्याउनु पर्ने थियो, ल्याइयो, अब सबै मिलेर यसलाई समृद्ध बनाउने काममा लागौँ’, उहाँले भन्नुभयाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय