
नजिना भण्डारी – भक्तपुर / भक्तपुरको सृजनानगरस्थित सन्नति आधारभूत विद्यालयले शुक्रबार अतिरिक्त क्रियाकलाप र पुरस्कार वितरणसहित ३७ औँ स्थापना दिवस मनाइयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सामुदायिक विद्यालयहरुको स्तरोन्नति गर्न आवश्यक भौतिक तथा शैक्षिक विकासका गर्न भक्तपुर नगरपालिका लागिपरेको बताउनुभयो । विद्यालयको विकासका लागि स्थानीय समुदायलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विद्यालयका पूर्व प्रधानाध्यापक मधुमैया प्रधानले विद्यालयको विकासका लागि संस्थापक जानकीलाल प्रधानले गर्नुभएको योगदानबारे चर्चा गर्दै विद्यालयका लागि स्लेट सहयोग ।
स्थानीय नेपाली सेवा समाजका उपाध्यक्ष शमशेर बहादुर न्हुछेले सामुदायिक विद्यालयको सञ्चालनमा विविध कठिनाइहरू रहेको उल्लेख गर्दै समाजको तर्फबाट विद्यालयलाई सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले सामुदायिक विद्यालयको प्रगतिको लागि स्थानीय समाज, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूको त्रिपक्षीय समन्वय हुनुपर्ने बताउँदै भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रको विकासको लागि शैक्षिक ऋण र छात्रवृत्ति वितरण गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको गतिविधिहरूबारे जानकारी दिँदै विद्यालय सञ्चालनका कठिनाईहरुबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विजयी विद्यार्थीहरूलाई अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।