जनकपुरधाम– धनुषाको सबैला नगरपालिका–९ आज पनि तनावग्रस्त भएको छ। भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवाद अझै नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाउनु परेको हो।

प्रहरीको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार, प्रहरीले दुई राउण्ड गोली चलाएको छ। झडपमा अन्य दुई जना घाइते भएका छन्, जसलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।

अहिले पनि स्थिति तनावपूर्ण रहेको स्थानीय शम्भु पण्डितले जानकारी दिएका छन्। एक पक्षले ‘यादव चोक’ नामकरण गरेपछि अर्को पक्षले विरोध गर्दा दोहोरो झडप भएको हो। यसअघि हिजो पनि झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय