
काठमाडौँ – सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ (विश्व) पौडेललाई नियुक्त गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सरकारको निर्णयसँगै पौडेल राष्ट्र बैंकका १८औं गभर्नर बनेका छन्। अब छपाइ हुने नयाँ नोटहरूमा उनी नियुक्त गभर्नरको रूपमा हस्ताक्षर गर्नेछन्।
गभर्नर चयनका लागि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा क्रमशः डा. विश्व पौडेल, नीलम ढुंगाना तिमिल्सिना र दिनेश भट्टराईको नाम परेको थियो। तीमध्येबाट मन्त्रिपरिषद्ले पौडेललाई नियुक्त गरेको हो।