
काठमाडौं – गत आर्थिक वर्षमा बैंक वित्तीय क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंक अगाडि देखिएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने तेस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ ।
ठूला करदाता कार्यालय स्रोतका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कर बुझाउने बैंक वित्तीय संस्थामा अहिलेसम्म नबिल बैंक रहेको छ भने दोस्रोमा नेपाल लाइफ छ । नेपाल लाइफले तीन अर्ब २० करोड रुपैयाँ हाराहारीमा कर तिर्दा नबिलले त्यसभन्दा केही बढी आयकर बुझाएको छ । ग्लोबल आईएमई बैंकले भने करिब साढे दुई अर्ब रुपैयाँ आयकर बुझाएको छ ।
त्यसो त अहिलेसम्म बुझाएको रकम नै अन्तिम होइन । साउन सकिनै बाँकी छ । अर्को कुरा अहिलेसम्म बुझाएको रकम ठ्याक्कै भन्दा अर्कोले आफू पहिलो हुन हिसाब मिलाएर बढी कर तिरिदिन सक्छ ।